आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड

आज यो वर्षको पहिला साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।

साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।

शिव पुराणमा उल्लेख भएअनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवान्ले साउन महिनामा नै निलेको र पछि सन्सारको रक्षा भएको विश्वास गरिन्छ । ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछ ।

साउन महिनामा सूर्य कर्कट राशिमा हुँदा चन्द्रमा सशक्त हुन्छ । सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिन शिवजीको विशेष पूजा आराधना गरिन्छ ।
सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको र मनोकामना भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले यो साउन महिना वा साउनको सोमबार व्रत, दान पूजापाठ आदी गर्नाले आफूले सोचको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?